बिरामी पत्रकार सिनाललाई प्रेस सेन्टर कञ्चनपुरद्वारा आर्थिक सहयोग

महेन्द्रनगर । लामो समय देखि स्वास्थ्य समस्याबाट पीडित पत्रकार सूजित सिनाललाई प्रेस सेन्टर कञ्चनपुरले आर्थिक सहयोग गरेको छ। सक्रिय पत्रकारिता गरिरहेका पत्रकार सिनाल लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।

मङ्गलबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष अरुण भट्टले आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रेस सेन्टरका अध्यक्ष अरुण भट्टले ‘श्रमजीवी पत्रकार लाई गम्भीर खालको स्वास्थ्य समस्याले पीडा दिएकाले संगठनले तत्काल उपचारका लागि सक्दो सहयोग गरेको छ ।’, भन्नुभयो ।

उहाँले आगामी दिनमा उपचारमा कमी नहुने गरी सक्दो आर्थिक सहायता गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । साथै अध्यक्ष भट्टले पत्रकार र सम्बन्ध सम्बद्ध निकायलाई कमजोर आर्थिक अवस्था भएका पत्रकार सिनालको उपचारमा सहयोगका लागि अपिल गर्नुभएको छ । पत्रकार सुजित सिनाल शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार हुन् ।

लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न मिडियामा काम गर्दै आउनु भएका पत्रकार सुजित सिनालको घुँडामा लामो समयदेखि समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने डाक्टरहरूले सुझाव दिएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण पत्रकार सिनालको उपचार हुन नसक्दा लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका छन् ।

प्रेस सेन्टर कञ्चनपुरले सहकर्मी पत्रकार सिनाललाई घुँडाको शल्यक्रिया गर्न सहयोग होस् भन्ने उद्देश्यले तत्काल तीन हजार एक सय आर्थिक सहायता गरेको छ ।

मङ्गलबार महेन्द्रनगरमा आर्थिक सहायता तथा स्वास्थ्य लाभको कामना गर्न प्रेस सेन्टर कञ्चनपुरका उपाध्यक्ष धर्मराज कठायत, सचिव भास्कर केसी पत्रकार महासंघका कोषाध्यक्ष मोहन बिष्ट, प्रेस सेन्टर प्रदेश कमिटी सचिव पहिला राना र महिला पत्रकार नन्दा महरा लगायतका पत्रकारहरू उपस्थित रहेको थिए ।

 

सम्बन्धित

Comments are closed.