महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश राज जोशीले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन ।
बुधबार एक कार्यक्रमका विच वडाध्यक्ष जोशीले बिरामी पत्रकार सिनाललाई नगद ५ हजार आर्थिक सहयोग गरेका छन । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि वडाध्यक्ष जोशीले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेका छन ।
लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले वडाध्यक्ष जोशीले उपचार खर्च उपलब्ध गराएका हुन ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता समेत रहेका वडाध्यक्ष जोशीले समाजिक हकहितका क्षेत्रमा कार्यरत शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावि दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।
Comments are closed.