बिरामी पत्रकार सिनाललाई समाजसेवी कुमालद्वारा उपचार खर्च सहयोग

महेन्द्रनगर । कञ्चनपुरका समाजसेवी भीम कुमालले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । दोधाराचाँदनी नगरका स्थानीय समेत रहेका गुरुकुल ईन्सिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगरका कार्यकारी निर्देशक कुमालले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन ।

बुधबार एक कार्यक्रमका विच बिरामी पत्रकार सिनाललाई नगद २ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका छन । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि कुमालले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेका छन ।

समाजसेवी कुमालले शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावि दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन । कुमालले यस अघि पनि कोरोना महामारीदेखि विभिन्न संकटका बेला आर्थिक सहयोगदेखिका भौतिक सहयोग गर्दैै आएका छन ।

सम्बन्धित

Comments are closed.