महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले रोजगारी सिर्जना गर्न विभिन्न रोजगारदाताहरु संग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । भीमदत्त नगरपालिकामा रहको श्रमिकहरुलाई रोजगारी बढाउनका लागी विभिन्न सेवा प्रदायक रोजगारदाताहरसंग रोजगारका लागी कसरी जोडिन सकिन्छ भन्ने विषयमा रहेर कार्यक्रमको आयोजना गरिएको थियो ।
पालिकाले श्रम डेस्क कार्यविधी २०८१ म रहेर श्रमिकको हक हितको लागी स्वरोजगार कसर िबनाउन सकिन्छ भन्ने उदेश्यका साथमा काम गरिरहेको छ । निजी रोजगार दाताहरु र पालिका विच आवस्यक पर्ने जनशक्तीहरु लाई कसरी व्यवस्थापन गर्न सकिन्छ र कसरी पालिकामा रोजगारीलाई बढाउन सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले बताउनु भयो ।
बेरोजगारलाई रोजगारीमा परिणत गर्नका निमित्त रोजगारदाताहरुले आगामी दिनहरुमा पालिकासंग रहेर समन्वयमा काम गर्नका लागी हार्दिक आग्रह गर्नु भयो । “भोलीका दिनमा अर्ध दक्षबाट दक्ष कामदार बनाएर उनिहरुलाई रोजगारीमा ल्याउने र उनिहरुको हकअधिकारका लागी सबैले हातेमालो गरेर पालिकाले पनि काम गर्नेछ” उहाँले भन्नु भयो, “रोजगारदाता र श्रमिकको विचमा भीमदत्त नगरपालिकाले पुलको काम गरेर कुनै पनि श्रमिकलाई जोखिममा नपरुन उनिहरुको ज्याला नमरोस भनेर नै पालिकाले काम गरिरहेको छ” ।
सबसेको पहलमा सहयोगमा यसलाई अगाडी बढाएर आउका सल्लाह सुझाव अनुसार काम गर्ने र कार्य विधीमा केही छुटेका अथवा राख्नु पर्ने विषयमा संसेधन गरी सबेको आवजलाई समेटने गरी पालिकाले काम गर्ने बताउनु भयो । निकट भविष्यमा श्रम सल्लाहकार राखेर छुटटै श्रम शाखाको स्थापना गरी काम हुने योजना रहेको नगर उपप्रमुख लेखकले जानकारी दिनु भयो ।
Comments are closed.