महेन्द्रनगर । रोजगारीका लागि भारतको हरियाणा राज्यको गुडगाउँमा रहेका एक जना नेपाली पाँच दिन देखी बेपत्ता भएका छन । रोजगारीको शिलशिलामा भारत पुगेका डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी नगरपालिका सिलिङ्गधाराका सदानन्द बेपत्ता भएका हुन । उनका १३ वर्षीय छोरा कोठामै अलपत्र परेका छन ।
अमरगढी नगरपालिका–५ सिलिङ्गधारा घर भइ हाल हरियाणाको गुडगाउँ बस्दै आएका ४८ वर्षीय सदानन्द पाठक गएको शनिवार देखी बेपत्ता भएको हुन् । उनी बस्दै आएको कोठाबाट शनिवार निस्किएका थिए । कोठाबाट निस्किएको पाँच दिनसम्म उनको अत्तोपत्तो नभएको पत्नी सरस्वती पाठकले बताइन् ।
अहिलेसम्म सदानन्दको मोबाइल पनि स्विचअफ बताई रहेको छ । लामो समय डडेल्धुरामै गाडी चालकको काम गर्दै आईरहेका सदानन्द गत साउन ८ गते रोजगारीका लागि भारत गएका थिए ।
उनले आफ्ना एक छोरालाई पनिसंगै लगेका थिए । अहिले उनका १३ वर्षीय छोरा कोठामा एक्लै छन् । उनकी पत्निका अनुसार परिवारले प्रहरीमा खबर गरेको छ । आफ्ना श्रीमानको खोजी र छोरालाई सुरक्षित राखिदिन उनले सहयोग माग्दै भारतमा रहेका नेपालीलाई समेत आग्रह गरेकी छन ।
Comments are closed.