बिरामी पत्रकार सिनाललाई भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा उपचार खर्च

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास)ले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन ।

बिहीबार एक कार्यक्रमका विच वडाध्यक्ष बोहराले बिरामी पत्रकार सिनाललाई नगद तीन हजार एक सय रुपैया नगद आर्थिक सहयोग गरेका छन । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि वडाध्यक्ष झक्कासले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेका छन ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले वडाध्यक्ष जोशीले उपचार खर्च उपलब्ध गराएका हुन ।

स्वतन्त्र निर्वाचित जनप्रतिनिधी एव समाजिक अगुवा समेत रहेका वडाध्यक्ष झक्कासले समाजिक हकहितका क्षेत्रमा कार्यरत शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावि दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित

Comments are closed.