समाजसेवी विनयद्वारा डडेल्धुराका युवा नगरकोटीलाई उपचार खर्च २० हजार सहयोग

महेन्द्रनगर । समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भएका प्रदिप नगरकोटीलाई आर्थिक सहयोग गर्नु भएको छ । समाजसेवी मल्लले नगद २० हजार रुपैया उपचारमा सहयोग मिलोस भनेर विरामी नगरकोटीलाई सहयोग गरेका हुन् । नगरकोटीको कलेजोमा समस्या देखिएपछि हाल काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।

आफनो यो सहयोगले केही भएपनि उपचारमा सहयोग होस भनेर सहयोग गरेको समाजसेवी मल्लले बताउनु भयो । अहिले चिकित्सकहरुले प्रदिपको कलेजो पूर्णरुपमा खराब भएको भनेपछि यशोदा देउवाले पतीलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना गरेकी छिन् ।

ग्याँस्ट्रो वार्डमा भर्ना भएका प्रदिपको कलेजो प्रत्यारोपण गर्न अस्पतालले भनिरहेको छ । तर, ऋृणमा डुबिसकेकी यशोदालाई प्रत्यारोपण गर्न लाग्ने करिब ५० लाख कसरी जुटाउने हो भन्दै चिन्ता लागेको छ ।

उनले सहयोग गर्न चाहनेलाई माछापुछ्रे बैंकमा रहेको खाता नम्बर १६७०९७६७२२२०००१६ मा रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८६८८५८९१४ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेकी छिन् ।

समाजसेवी विनय प्रकाश मल्लले पिडित विरामीहरुलाई केही भएपनि आर्थिक सहयोग गरे दुखमा परेका समुदायको मुहारमा खुसी दिइरहनु भएको छ ।

सम्बन्धित

Comments are closed.