समाजसेवी पास्टर राजबहादुर चौधरीले दिए विरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको पुनरवास नगरपालिका २ अमरैयाका समाजसेवी पास्टर राजबहादुर चोधरी ले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गर्नु भएको छ ।उहाँले बिरामी पत्रकार सिनाललाई स्वास्थ्य लाभका लागी नगद २ हजार १ सय रुपैया आर्थिक सहयोग गर्नु भएको हो ।

आफनो साथी विश्व रेकर्डर डा. नरिराम लुहारबाट पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई आर्थिक सहयोग गर्नु भएको हो ।विश्व रेकर्डर डा. लुहारले विरामी पत्रकार सिनालको बारेमा जानकारी गराए पछि समाजसेवी पास्टर चौधरीले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहााको उपचारमा केही भएपनि सहजता होस भनेर उहाँले सहयोग गर्नु भएको हो ।

समाजसेवी पास्टर चौधरीले यो दुखको समयमा अन्य व्यक्तीहरुलाई पनि सहयोग का लागी आग्रह गर्नु भएको छ ।

सम्बन्धित

Comments are closed.