कञ्चनपुरमा १७ औँ एन प्याब्सन महोत्सव सुरु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा १७ औँ एन प्याब्सन महोत्सव सुरु भएको छ । शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गर्दै महोत्सव सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथी एवम गृहमन्त्री रमेश लेखकले कार्यक्रमको उदघाटन गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश अन्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले सरकारले प्रदेशका योजना प्राथमिकतामा साथ अघि बढाएको बताउनु भयो । गृहमन्त्री लेखकले सरकारी सामुदायिक शिक्षा सुधारका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै, अहिले समाजका मुख्य चुनौती लागु औषध, सडक दुर्घटना र आत्महत्या जस्ता घटना रहेको बताउनु भयो ।

उक्त तीनै घटना एक अर्कासंग अन्तर सम्बन्ध भएकाले तीनै घटना न्यूनिकरणका लागि सरकारदेखि निजी क्षेत्र समेत जिम्मेबार बन्नुपर्नेमा जोडदिए । जिल्लाका एन प्याबसनमा आवद्धता रहेका विद्यालयहरुको उपश्थितीमा करिब २० हजार बढी विद्यार्थीहरुको सहभागितामा कार्यक्रमको आयोजना भएको हो ।

विद्यार्थीहरुले बजार परिक्रममा गरी मञ्चमा आएर मार्चपाशमा सहभागिता जनाएका थिए । साथै विद्यालयका विद्यार्थीहरुले विभिन्न देशभक्ती गितमा नृत्यहरुको पनि प्रस्तुती दिएका थिए । छात्र,छात्रा विच लङजम्प, हाईजम्प, सर्टफुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड प्रतियोगिता हुने भएको छ ।

जिल्लाभरीका २ सय ४२ खेलाडीविच प्रत्यक्ष प्रतिस्पर्धा गराईनेछ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय विजेता विद्यालयका खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । खेलकुद पौष २९ गतेसम्म आयोजना हुने भएको छ ।

सम्बन्धित

Comments are closed.