‘मापदण्ड मिचेर जरबजस्त २२ सटर निर्माण गर्न दिदैनौ ः संयुक्त युवा विद्यार्थी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारमा तत्कालिन २२ सटर निर्माण गरिएको जग्गाबारेमा विवाद नै विवाद देखिएको छ । यता संयुक्त युवा विद्यार्थीले भवन आचार संहिता मापदण्ड मिचेर जबरजस्त २२ सटर निर्माण गर्न खोजिएर आन्दोलनको चेतावनी दिएका छन् ।

आइतबार संयुक्त युवा विद्यार्थीले जिल्ला समन्वय समितिको हलमा आयोजित पत्रकार सम्मेलनमा युवा विद्यार्थीले मापदण्ड मिचेर जबरजस्त २२ सटर निर्माण गर्न खोजिएर आन्दोलनको चेतावनी दिएका हुन् । झण्डै डेढ दशकदेखि सरकारी तथा सार्वजनिक अतिक्रमित जमिन बिरुद्धमा आन्दोलन गर्दै आएका युवा विद्यार्थीले अहिले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित जमिन खाली गराउन स्थानीय सरकार पछि गरेको जनाएका छन ।

सयुक्त युवा विद्यार्थीका तर्फबाट राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी कञ्चनपुरका अध्यक्ष प्रेम रावलले महेन्द्रनगर बजारको सौन्र्दय बिगार्ने गरेर सटर निर्माण गर्न नहुने बताए । उनले जरबजस्ती सटर निर्माण गरेर आन्दोलनको चेतावनी दिएका छन । नेकपा बहुमतका युवा नेता दिपेन्द्र सिह ऐरीले सरकारी अतिक्रमित जमिन बिरुद्धमा युवा विद्यार्थीले नियमित आन्दोलन गर्दै आएको र अहिलेपनि नियमित आन्दोलन जारी रहेको बताए ।

‘वर्तमान सुप प्रदेशका मुख्यमन्त्री राजेन्द्रं सिह रावलकै प्रमुख आथित्यमा भीमदत्त नगरपालिकामा भएको सर्वदलिय बैठकमा आम राजनैतिक युवा, विद्यार्थीले बन्न हुने तर्क अघि सारेको थियो, ‘उनले भने, ‘अहिले पनि स्थानीय सरकार यसरी भू माफियाका पक्षमा लागेका छन ।’ स्थानीय सरकार भू माफिया सरक्षणमा जुटेको उनको आरोप छ ।

धुम्रपान निषेधका अभियन्ता समेत रहेका समाजसेवी मदन चन्दले सुन्दर शहरमा २२ सटर बनाउन नहुने तर्क राखेका छन । उनले राज्यको सम्पत्ती दोहन गर्न नहुने बताउँदै अतिक्रमण कार्य बन्द गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य दिपक साउद (शेखर)ले २२ सटर मात्रै नभई सरकारी अतिक्रमित जमिन हटाउनुपर्ने बताए ।

‘हामीले व्यवसायीको व्यवस्थापन गर्न नहुने भनेका छैनौँ, ‘उनले भने, ‘गलत प्रवृतिबाट सरकारी जमिन दिन हुदैन ।’ राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम विष्टले उक्त स्थानमा २२औँ सटर नभई त्यहाँ २३औँ सटर पनि भएकाले त्यो सटरको विषयमा कोही पनि नबोलेको बताए ।

‘मदन चोकमा मापदण्ड विपरित कुनैपनि सटर निर्माण गर्नु हुँदैन, ‘उनले भने, ‘मापदण्ड पुग्छ, भने बनाउन ठिक नभए हुँदैन ।’ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका कोषाध्यक्ष हरक सिह धामीले तत्तकालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गृहमन्त्री नारायण काजी श्रेष्ठका पालामा देशभर अतिक्रमित जमिन खाली गर्ने अभियान अहिलेको सरकारको पालामा रोकिएको भन्दै आपत्ती जनाएका छन ।

सम्बन्धित

Comments are closed.