ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहद्वारा बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

महेन्द्रनगर । जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गर्नु भएको छ । उहाँले बिरामी पत्रकार सिनाललाई स्वास्थ्य लाभको कामनासहित नगद १० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो ।

सामाजिक संजालबाट पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई स्वास्थ्य उपचारमा सहजता होस भनेर आर्थिक सहयोग गर्नु भएको हो । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार काठमाण्डौमा हुने भएपछि केही भएपनि सहजता होस भनेर उहाँले सहयोग गर्नु भएको हो ।

पछिल्लो समय खेलकुदमा आफनो छुट्टै पहिचान बनाउनु भएका जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले अन्तराष्टि स्तरमा पनि ईतिहास रच्न सफल हुनु भएको छ ।

सम्बन्धित

Comments are closed.