भीमदत्त १३ श्री निवास रामानुज घाटमा मंगलवारदेखी १५ दिन सम्म धार्मीक मेलाको सुरुवात

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा रहेको श्री निवास रामानुज घाट तिर्थस्थलमा १५ दिन सम्म धार्मीक मेलाको आयोजना हुने भएको छ । मंगलवार माघ १ गतेदखेखी १५ गतेसम्म विभिन्न धार्मीक कार्यहरुका साथमा मेलाको आयोजान हुने भएको हो ।

मंगलवार स्वामी गोविन्द आचार्य जी महाराजको करकमलबाट मकर सक्रान्ती मेलाको सुभारम्भ भएको भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले बताउनु भयो । कलश यात्रा वडा परिक्रममा गर ि१००८ गाईको दुधले अभिषेक गरी प्रत्येक दिन सन्ध्याकालिन आरतीको आयोजना गरिने बताउनु भयो ।

स्वामी गोविन्द आचार्य जी महाराजको करकमलबाट अनवरत रपमा १५ दिन हिन्दु धर्मालम्बीलाई लक्षित गर्दै धार्मीक परम्परालाई जोगाउनका लागी मेलाको आयोजना गरिने बताउनु भयो ।वैद्धिक सनातन धर्मालम्बीहरुका लागी पुजा अर्चनाको व्यवस्था, दैनिक नित्यकर्म, प्रवचन कार्य रहने र १६ गते देवघाटमा जाने र १८ गते प्रयागराज जाने बताउनु भयो । उक्त क्षेत्रमा पनि १००८ गाईको दुधले अभिषेक पनि गरिने बताउनु भयो ।

यस क्षेत्रलाई धार्मीक स्थल बनाउन र पर्यटकलाई पनि मध्ये नजर गरेर यो वर्ष १५ दिन विभिन्न धार्मीक कार्यक्रमको आयोजना गर्दै वैद्धिक सनातन धर्मको प्रचार प्रसार गर्न आफुहरु खटिएको बताउनु भयो । यो पवित्र स्थल आएर धार्मीक पुण्य कमाउन आग्रह गर्नु भयो ।

यो क्षेत्रमा श्री रामानुज भगवान, महाकाली मैया, श्री राम, भगवान शंकर विराजमान भएको यो तिर्थस्थललाई पवित्र उदेश्यका साथमा आएर १५ गते कार्यक्रमलाई समापन गरी देवघाट जाने र त्यहाँबाट भारतको प्रयागराज जाने र धर्मको रुपमा वैद्धिक सनातनको रुपमा प्रचार प्रसार गर्ने योजना पनि रहेको उहाँले बताउनु भयो ।

साथै उहाँले सम्पुर्ण हिन्दु धर्मालम्बीहरुलाई यो तिर्थ स्थलमा आएर धर्म कमाउन पनि आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.