महेन्द्रनगर । महेन्द्रनगरमा रहेको विजडम किड्स स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित आयोजित फेस्ट २०८१ सम्पन्न भएको छ।
विद्यालय प्राङगणमा आयोजित फेस्टमा फेसन शो, र्याम्प वाक, नृत्य, बिभिन्न खेलहरू, मार्चपास, डान्स डृल,खानाका परिकार, परेड लगायत बिभिन्न कार्यक्रम समावेश गरिएका थिए ।
बिद्यालयका संस्थापक प्रअ निलम गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा फेसन शो र र्याम्प वाक विधा अन्तर्गत रहेको मिस्टर एण्ड मिस विजडम अभिभावकको मुख्य आकर्षण बनेको थियो ।
जस अन्तर्गत समर भट्ट र आज्ञा भट्टले मिस्टर र मिस विजडमको उपाधि जितेका छन । त्यसैगरि निम्न थापा र एभिलिना कार्की फस्ट रनर अप हुँदा रोनिक्स रावल र तपस्या भरी सेकेन्ड रनर अप हुन सफल भएका छन।
मिस्टर एण्ड मिस विजडमको निर्णायकको भूमिकामा मिस व्रिक्सटन २०७६ पिहु भट्ट, शिक्षाकर्मि कविता थलाल, रेखा भट्ट र एभरग्रीन मन्टेश्वरि स्कुलका संस्थापक हरिश धामी रहेका थिए।अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्ट हुन सफल बिद्यार्थिहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयको वार्षिक कार्यक्रम अनुसार विजडम फेस्ट आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक निलम गुरुङले वताउनुभयो । उहाँले समय सापेक्ष सीप, संस्कार र प्रविधियुक्त शिक्षा आजको आवश्यकता रहेको बताउदै पछिल्लो समय नानीबाबुहरको चौतर्फी बिकासकालागि भौतिक पूर्वाधार सहित गुणस्तर सुधारमा बिद्यालयले धेरै लगानी गरिरहेको बताउनुभयो ।
पछिल्लो समय मन्टेश्वरिहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विजडम किड्स प्री स्कुल अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ । हाल यस मन्टेश्वरिमा करिब १५० विद्यार्थी अध्ययनरत छन ।
Comments are closed.