नेपाली काँग्रेस भीमदत्तका नगर सभापति कलौनी मृत अवस्थामा फेला

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्तका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका( १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका एसपी चक्रराज जोशीले कलौनी मृत अवस्थामा फेला परेको बताए । मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीका अनुसार , कलौनी शुक्रबार घरबाट धनगढी जान्छु भनी निस्किएका थिए ।

आज शनिबार बिहान कलौनी घोप्टो परेको अवस्थामा बाटोमा मृत फेला परेको डिसपी जोशीले बताए । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनको सरिरमा चोटपटक, घाउ नदेखिएको प्रहरीले जनाएको छ ।

यद्यपि चिकित्सक बोलाएर थप जाचको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनको मृत्यु चोटपटक बाट या हत्या भएको भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताए ।

सम्बन्धित

Comments are closed.