काठमाण्डौमा उपचाररत पत्रकार सिनाललाई जलावयु विज्ञ थापाले गरे आर्थिक सहयोग

महेन्द्रनगर । पत्रकार सुजित सिनालको उपचारमा जलावयु विज्ञ राजन थापाले आर्थिक सहयोग गरेका छन् । हाल काठमाण्डौमा रहेका थापले पत्रकार सिनाललाई नगद ५ हजार सहयोग गर्नु भएको हो ।

उहाँले बिरामी पत्रकार सिनाललाई अस्पतालमै पुगेर स्वास्थ्य लाभका लागी नगद आर्थिक सहयोग गर्नु भएको हो । पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई अस्पतालमा भेटन पुगेर आर्थिक सहयोग गर्नु भएको हो ।

आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ । लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाको उपचारमा केही भएपनि सहजता होस भनेर आफुलृ आर्थिक सहयोग गर्नु भएको उहाँले बताउनु भयो ।

साथै जलवायु विज्ञले पत्रकार सिनाललाई आवस्यक्ता पर्ने एबी नेगेटिभ रगतको पनि व्यवस्था गर्नु भएको थियो ।हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।

 

सम्बन्धित

Comments are closed.