महेन्द्रनगर । मातृभूमि जागरण अभियानकाका सञ्चालक डा। भीम रावलले आफू अहिले मातृभूमि जागरण अभियानको अध्यक्ष वा नेता नरहेको बताएका छन् । धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले अहिले विभिन्न व्यक्तिहरूसँग छलफल र संवाद भइरहेको भन्दै केही समय पछि अभियानलाई दलको रूपमा अगाडी बढाउने रावलले बताएका थिए ।
‘अहिले थुप्रै सङ्गठित व्यक्तिहरूसँग मेरो वार्ता जारी छ । थुप्रै क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग पनि हामीले कुराकानी जारी राखेका छौँ त्यही भएर हामी केन्द्रमा केही व्यक्तिहरू जम्मा भएर हाम्रो पार्टी यस्तो भयो, यस्तो पद भयो भन्ने कुरा त्यो सङ्गठन निर्माणको राम्रो कुरा होइन’ उनले भने ‘म मातृभूमि जागरण अभियानमा कुनै नेता हुँ अध्यक्ष हुँ पनि भनेको छैन ।
म प्रस्तावक मात्रै भन्नुको तात्पर्य के हो भने तल जिल्लाहरूमा मानिसहरूलाई नेतृत्वमा सङ्गठित गर्न लागिरहेका छौँ ।’ केन्द्रमा थुप्रै मान्छेहरूसँग कुराकानी भइरहेको भन्दै ती छलफल र वार्ता पछि मात्रै सङ्गठित केन्द्रीय स्वरूप दिने र त्यही केन्द्रीय स्वरूपलाई राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने योजना रहेको उनले सुनाए ।
उनले सबै वर्ग र समुदायलाई आफ्नो अभियानमा जोडिन आग्रह गर्दै भ्रष्ट्राचारमा मुछिएका व्यक्ति, राष्ट्ररहित विपरीत रहेका व्यक्ति र समाजमा गलत छाप भएकाहरूसँग सहकार्य हुन नसक्ने बताएका थिए । डा. रावलले वर्तमान गठबन्धनको सरकारको समेत औचित्य नभइको टिप्पणी गरेका थिए ।
संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले–कांग्रेसले जनतासँग झुटो बोलेको उनको भनाइ थियो ।
‘अहिले राष्ट्रियसभामा बहुमत छैन भनेर पन्छिन खोजिएको छ’ उनले भने, ‘त्यो कुरा दुई दललाई गठबन्धन गर्दा थाहा थिएन र रु’ स्थिर सरकारको लागि भन्दै दुई दलले गठबन्धन गरेर आधा कार्यकाल बढ्ने सम्झौता गरेर सम्झौता मै अस्थिर सरकार बनाएको उनको आरोप थियो ।
Comments are closed.