कैलाली र डोटीमा लागू औषधसहित ५ जना पक्राउ

महेन्द्रनगर । कैलालीको धनगढीमा लागू औषधसहित २ युवायुवती पक्राउ परेका छन्। बुधवार धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भरत सन्ज्याललाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै बुधवार नै धनगढी उपमहानगरपालिका– ३ मिलन चोकबाट गोदावरी नगरपालिका–२ घर भई हाल मिलन चोक कोठा गरी बस्ने २२ वर्षीय बिष्ना पालीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता, डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका–२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका–५ बस्ने २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका–४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ परेका हुन्।

तीनै जनालाई शुन्य दशमलव ४२० ग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित

Comments are closed.