महेन्द्रनगर । विवाहको उमेर नघटाउन बैतडीकी एक किशोरीले प्रधानमन्त्रीलाई आग्रह गरेकी छन । जिल्लाको पाटन नगरपालिका– २ की किशोरी पार्वती ऐरले विवाहको उमेर यथावत राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी मार्फत आग्रह गरेकी हुन ।
उक्त वडामा बालविवाह अन्त्यको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघले आयोजना गरेको रुपान्तरण कक्षामा सहभागी ऐरले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै विवाको उमेर घटाउने प्रस्ताव सुन्दा आफू दुःखी बनेको बताएकी छन ।
उनले २० वर्ष पछि नै व्यक्ति शारिरीक, मानसिक र भावनात्मक रुपले सक्षम हुने भएकाले विवाहपछिको जिम्मेवारीलाई राम्रो सँग सम्हाल्न सक्ने चिठ्ठीमा भनेकी छन । समाजको समग्र विकासका लागि विवाहको उमेर २० वर्ष कायम गर्नु नै महत्वपुर्ण हुने उनको भनाई छ ।
२० वर्ष भन्दा कम उमेरमा विवाह हुँदा बालबालिकाको स्वास्थ्य र विकासमा विभिन्न जोखिम उत्पन्न हुने भएकाले समाजमा समृद्धि र समानताको भावना ल्याउनका लागि विवाहको उमेर २० वर्ष नै उपयुक्त हुने उनले चिठ्ठीमा उल्लेख गरेकी छन ।
संस्थाकी कार्यक्रम संयोजक कुन्ती भट्टले किशोरकिशोरीहरुले विवाहको उमेर २० वष नै राख्न प्रधानमन्त्रीलाई चिठ्ठीमार्फत आग्रह गरेको बताईन ।
Comments are closed.