महेन्द्रनगर । । डडेल्धुरामा रहेको प्रसिद्ध ऐतिहासिक तथा प्राचिन अजयमेरु कोटमा अन्वेषण तथा उत्खनन् कार्यको थालनी गरिएको छ । उक्त क्षेत्रमा पुरातात्विक विभागको टोलीले उक्त कार्यको थालनी गरिरहेको अजयमेरु गाउँपालिकाले जनाएको छ ।
अजयमेरु कोटमा दरवार समेतका विभिन्न संरचनाहरु रहेका छन, जुन जिर्ण अवस्थामा छन । कोटकै पर हाट गाउँ छ, जहाँ थुप्रै देवलहरु समेत रहेका छन र उक्त देवलहरुमा विभिन्न अभिलेखहरु समेत छन ।
पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले अहिले तीन हप्ता सम्मका लागि बिभागका विज्ञ टोलीहरुले भग्नावशेषहरुको उत्खनन गर्ने वताए । अधिकृत ज्ञवालीले वि।सं २०६६÷६७ देखिनै अध्ययन गर्न थालिएकोमा विभागले अहिले अन्वेषण तथा उत्खनन गर्ने कार्य गर्न लागेको वताए ।
अजयमेरुकोट भएको अग्लो डाँडामा रहेका संरचनाहरु भत्कीएको अवस्थामा भएकाले र केहि भत्की सकेकाले ति संरचनाहरु कुन दरवार हुन रु कुन बैठक स्थल हुन रु जस्ता कुरामा अनुमान वा कल्पना गरेर भन्न नसकिने अधिकृत ज्ञवालीको भनाई छ ।
तर विभागले भने पुर्ण आकारको दरवार वा भवन बनाउने नभई उत्खनन् गरी प्राविधिकको समुहले भत्कीएका संरचनामा नम्बरीङ गर्ने काम गर्ने छ । अजयमेरुकोटको मुख्य दरवार यहिनै हो पनि भन्न नसकिने बिभागको भनाई छ ।
Comments are closed.