महेन्दनगर । कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको पूर्वाधार विद्यालय भवन बन्ने भएपछि बेदकोट नगर वासी कै लागि ठूलो अवसर बनेको छ । भारतीय दुताबासले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा ५ करोडको पूर्वाधार विद्यालय भवन बनाउन सहयोग गर्ने भएको छ ।
नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा उदयदेव मावि र शारदा मावि दुई विद्यालयको प्रस्तावना पेश गरिएको थियो । दुई विद्यालयको प्रस्तावना गरिएको र अहिले दुताबासले उदयदेवको प्रस्तावना स्विकार गरेको वेदकोट नगर प्रमुख भोज राज बोहरा ले बताउनु भयो ।
दुताबासको कुल बजेटको १० प्रतिशत रकम नगरपालिकाले समेत हाल्ने उहाँले बताउनु भयो । आफुहरुको पहल प्रस्तावना पेश गरेका सबै विद्यालयमा बजेटलाई ल्याउने रहेको भएता पनि अहिले एक विद्यालयमा बजेट आएको र अन्य विद्यालयमा पनि बजेट व्यवस्थापनमा पहल गर्ने उपप्रमुख तुलसी जोशीले बताउनु भयो ।
उहाँले यो कार्यमा अथक प्रयास यसै क्षेत्रका संघिय सांसद एनपी सावदको रहेको थियो भने समन्वय र सहकार्य नगरपालिका सिङ्गो पालिका परिवारको रहेको जानकरी दिनुभयो । उक्त कार्य ले शिक्षा मा समेत टेवा पुग्ने र बेदकोट नगर कै लागि ठूलो विकास को रूपमा यो योजना रहेको समेत बताउनु भयो । उक्त कार्य का लागि भारतीय राजदुतावास लगायत सम्पूर्ण सहयोगी हातहरु लाई धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।
उक्त कार्य का लागि संघिय संसद एन पी साउदको अथक प्रयास बेदकोट नगरपालिका का नगर प्रमुख भोजराज बोहरा उप प्रमुख तुलसी जोशी स्कूल व्यवस्थापन समिति का अध्यक्ष भरत रोकाया वडा का जनप्रतिनिधि एबं सिंगो नगरपालिका परिवार को विशेष पहले मात्र यो सम्भव भएको वार्ड नं ९ का अध्यक्ष जनक बहादुर विष्ट ले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर रोकाया ले संघिय संसद माननिय एनपी साउद ,पालिकाका सम्पुर्ण स्थानियहरु, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष कर्मचारी, सम्बन्धित वडाका सदस्य, विद्यालय व्यवस्थापन समितिको समन्वय र सहयोगका लागी हार्दिक आभार व्यक्त गर्नु भयो ।
Comments are closed.