महेन्द्रनगर । युवा समाजसेवी विनय प्रकाश मल्ललाई नेपालमा मात्रै होईन भारतमा रहेका नेपालीहरुले पनि आफनो मन मुटुमा राखेका छन् । अहिले लाखौ नेपालीहरु भारतमा रोजगारको सिलसिलामा रहेका छन ।
ती मध्येका एक हुन डडेल्धुरा नवदुर्गाका स्थानिय हाल भारतको बेङ्गलोरमा रहेका करन साउदले समाजसेवी मल्लको बारेमा यस्तो लेखेका छन् । बिनय प्रकाश मल्लको जीवन संघर्ष र समाज सेवाको कथा प्रेरणादायी छ ।
डडेल्धुराको सामान्य परिवारमा जन्मिएका मल्लले नेपाल प्रहरीको जागिर छोडेर कडा मिहिनेत परिश्रम गरेर जापान पुगे, जापानमा नयाँ जीवनको सुरुवात गरे । जापानमा लामो समयसम्म संघर्ष विभिन्न उतारचढावलाई पार गर्दै उनले आफ्नो व्यवसायलाई मजबुत बनाउनुका साथै नेपाली समुदायका लागि उल्लेखनीय योगदान गरेका छन् ।
उनले डडेल्धुरामा धेरै सामाजिक कामहरू गरेका छन्, जस्तै विद्यालयहरूमा सहयोग, पिडितहरूको उपचारमा सहारा, अनाथ बालबालिका, एकल महिला फरक क्षमता भएका व्यक्तीहरु, वृद्धवृद्धाहरु, मठमन्दिर निर्माण, विकास निर्माण, गरिव परिवारका सन्तानलाई आफनै लगानीमा जापानमा रोजगार दिने सम्मको सहयोग,आवश्यक परेमा व्यक्तिगत सहायता प्रदान गर्नु ।
अहिले जिल्लामा विपन्न, गरिव, एकल महिला, अनाथ बालबालिका जुन सुकै व्यक्तीलाई कुनै पनि समस्या परेमा, विरामी परेमा स्थानीय बासिन्दाहरूको मनमा आउने पहिलो नाम भनेकै बिनय प्रकाश मल्ल हो । यो उनको समाज प्रती सेवाको बलियो प्रमाण हो, राजनीतिमा पनि उनको संलग्नता हुने सम्भावना छ ।
यस्तै व्यक्तीको अहिले देशलाई समाजलाई समुदायलाई खााचो रहेको छ, बिनय प्रकाश मल्लले जनताको भरपुर समर्थनको साथ राजनीति क्षेत्रमा प्रवेश गर्न सक्ने क्षमता राख्छन् । उनको समाजप्रतिको योगदान र जनताको साथले उनीलाई एक सफल नेतामा बदल्न सक्छ ।
जापानमा लामो समय रहेर त्यो देशको सिस्टम, नियम ऐन कानुनको जानकारी राख्ने उनले आफनै देशमा रहेका जनता माझ पनि जापानको सिकाईलाई व्यवहारमा लागु गराउन सकने क्षमता भएका व्यक्ती हुन मल्ल, जापानमा लामो समयसम्म संघर्ष गरेर, बिनय मल्लले सारा कठिनाइहरूको सामना गर्दै आफ्नो स्थायित्व लाई सुदृढ बनाएका छन् ।
उनी एक प्रेरणाको स्रोत हुन् जसले आफ्नो जीवनलाई समाज सेवामा समर्पित गरेका छन् । नेपाल आउँदा उनले डडेल्धुरा जिल्लामा विभिन्न सामाजिक परियोजनाहरू सुरु गरेका छन्, जसमा विद्यालयहरूको निर्माण, अस्पतालहरूमा सहयोग, र स्थानीय समस्याहरूको समाधानमा योगदान समावेश छ ।
उनी राजनीतिक क्षेत्रमा प्रवेश गर्ने योजना बनाएर समाजमा थप योगदान दिने उद्देश्य बनाएर अगाडि बढे जनताको बलियो साथ संगै डडेल्धुराको घिनलाग्दो राजनीतिक इतिहास लाई चिर्न सक्ने एक मात्र पात्र बन्न सक्ने युवाको रुपमा स्थापित हुन सक्छन ।
उनको जीवनले संघर्ष, सेवा, र सफलताको मिश्रणको कथा सुनाउँछ । बिनय मल्लको संघर्ष र समाज सेवाको यो यात्रा एक उदाहरण हो कि कसरी कडा मेहनत, दृढता, र सामाजिक जिम्मेवारीले मानिसलाई उचाइमा पु¥याउँछ ।
उनी आफ्नो सेवाको कारण स्थानीय बासिन्दाहरूको विश्वासपात्र बनेका छन्, र यदी भविष्यमा राजनीति क्षेत्रमा आएमा उनी जनताको भरोसाको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ ।
Comments are closed.