महेन्द्रनगर । क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को विमोचन गरिएको छ । शनिबार धनगढीमा सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रुपमा उपन्यासको विमोचन गरिएको हो ।
क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रुपमा ‘पायलट प्रेम’ उपन्यास लेखेका छन । यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरु समेटिएको छ ।
उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको क्याप्टेन वेद उप्रेतीले बताए । यसैगरी, बिहीबार महेन्द्रनगर म्यूजियममा पनि एक कार्यक्रमका विच यो पुुस्तकको बिमोचन गरिएको थियो ।
Comments are closed.