जापान कराते डो कोशिकाइद्धारा १ सय ५० जना खेलाडीहरुको बेल्ट ग्रेडिङ सम्पन्न

महेन्द्रनगर । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले आफना खेलाडीहरुको अपग्रेड गरेको छ । शनिवार शुक्लाफाटा नगरपालिकामा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका १० वटा डोजो का १ सय ५० जना खेलाडीहरुको बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा शुक्लाफाटा नगरपालिकाका नगर अध्यक्ष चक्र साउद, बिशिस्ट अतिथिमा किड्स ईन्टरनेशल स्कुलका संयोजक यज्ञराज जोशी, कराते सहायक प्रमुख प्रशिक्षक गणेश भट्ट, शुक्लाफाटा नगरपालिका कराते प्रमुख पबेन्द्र कुमार धामी, बिनेश्वरी कराते डोजो प्रमुख बबिता ठगुन्ना रहनु भएको थियो ।

प्रत्येक तिन तिन महिनामा खेलाडीहरुले आफनो खेलमा कत्तिको प्रगती गरेका छन्, उमेर,तौल समुह अनुसार खेलाडीहरुको फिजिकल कुमिते ट्रेनिङको मुल्याङकन गरिने जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले जानकारी दिनुभयो ।

यस्तैगरी, ग्रुप बेशिक, ग्रुप काता, एकल काता, कुमिते, फाईट, अनुशासन र हाजिरी रेकर्ड ७५% पुगेको अनिवार्य हुनु पर्ने उहाँले बताउनु भयो । खेलाडीहरुले पहिले पाएको बेल्टमा पनि पदोन्नती हुने र उनिहरुको मुल्याङकन गर्ने बिभिन्न माध्यमहरु भएकाले उक्त मुल्याङकनमा पनि खेलाडीहरुले आफनो सिप कलामा पोख्त भएपछि मात्रै उनिहरुको स्तर उन्नती अर्थात अपग्रेड हुने जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव सिंहले बताउनु भयो ।

सुरुकोे बेल्ट भनेको सेतो हुन्छ त्यसपछि माथीको सुन्तला, हरियो, पर्पल र निलो बेल्ट हुँदै खेलाडीहरुलाई बेल्टको पनि उपाधी बढाईएको छ । साथै अभिभावकहरुले पनि हौसला प्रदान गरिरहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी शुक्लाफाटा नगरपालिकाका नगर अध्यक्ष चक्र साउदले जापान कराँते डो कोशिकाईले दुरदराजमा रहेका खेलाडीहरुलाई उनिहरुको सिप कला क्षमता र खेलकुदको क्षेत्रमा राम्रो काम गरिरहेको बताउनु भयो । साथै बेल्ट अपग्रेड हुनु भएका सबे खेलाडीहरुलाई उहाँले उज्जवल भविष्यको कामनासहित धन्यवाद व्यक्त गर्नु भयो ।

खेलकुदले नै मानवको विकास हुने, स्वस्थ्य शरिरको निर्माण हुने, विश्व सामु आफनो देशको नाम चिनाउने माध्यम रहेको बताए । अहिले यो संघले खेलकुदमा अनुसासन, मानसिकताको वृद्धी र विकास, स्वस्थ्य शरिर निर्माण गर्न महत्वपुर्ण योगदान गरिरहेको बताउनु भयो ।

साथै आफुले स्थायि स्तरबाट गर्नु पर्न साथ र सहयोगका लागी तयार रहेको बताउनु भयो । बिशिस्ट अतिथि एवम किड्स ईन्टरनेशल स्कुलका संयोजक यज्ञराज जोशीले विगतदेखी जापान कराँते डो कोशिकाइले खेलकुदको मध्यमबाट खेलाडीहरुको उत्पादन गरेर आफनो पहिचान बनाउन सफल भएको बताउनु भयो ।

यो क्षेत्रमा रहेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलको खेलकुदमा भविष्य निर्माण गर्न मिहिनेतका साथमा लागेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.