काठमाण्डौमा उपचाररत पत्रकार सिनालको उपचारमा पाईलट वेद उप्रेतीको आर्थिक सहयोग

महेन्द्रनगर । काठमाण्डौमा उपचाररत पत्रकार सुजित सिनाललाई पाईलट वेद उप्रेतीले आर्थिक सहयोग गर्नु भएको छ ।पाईलट उप्रेतीले हाल काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराई रहेका पत्रकार सिनाललाई नगद १० हजार सहयोग गर्नु भएको हो ।

उहाँले बिरामी पत्रकार सिनालको स्वास्थ्य उपचारमा सहजता होस भनेर स्वास्थ्य लाभका लागी नगद आर्थिक सहयोग गर्नु भएको हो ।पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई आर्थिक सहयोग गर्नु भएको हो । आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारमा केही भएपनि सहजता होस भनेर आफुले आर्थिक सहयोग गरेकोे उहाँले बताउनु भयो । हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भई रहेको छ ।

पत्रकार सिनालले आफनो उपचारमा सहयोग गरेका प्रती पाईलट उप्रेतीलाई धन्यवाद व्यक्त गर्नु भएको छ । उप्रेतीले तीन दशक भन्दा बढी पाइलट पेसामा समय बिताइ सक्नु भएको छ । उहाँले सुदूरपश्चिममा पर्यटकिय क्षेत्रमा उल्लेखनिय भुमिका खेलि रहनु भएको छ । उहाँ विगत ४ वर्ष यता भारतको एलिएन्स एयरमा उडान भरिरहेका छन् ।

सम्बन्धित

Comments are closed.