महेन्द्रनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पोखरेलले डडेल्धुरा अस्पतालको सोमबार निरिक्षण गर्नुभएको छ । अस्पतालका समस्या र सम्भाबनाका बिषयमा केन्द्रीत भएर गरिएको निरिक्षण पछि सचिब पोखरेलले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
जर्मनी सरकारको सहयोगमा निर्माण भएको डाक्टर तथा नर्स आवास भवन हस्तान्तरण कार्यक्रमका लागी डडेल्धुरा आईपुग्नु भएका सचिब पोखरेलले अस्पतालको बृहत्तर हितका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको हो ।
डडेल्धुरा अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी परिपुर्ति गर्न नसक्नु,आबश्यक भबन निर्माणका लागी बजेट नहुनु र तिन सय शैयाको अस्पतालको ९ओएनम० सर्र्बे पास हुन नसक्नु लगायतका समस्याहरु रहेकाले पहल गरिदिन मन्त्रालयका सचिबलाई आग्रह गर्नुभएको थियो ।
अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुदाँ सेवा बिस्तारमा निकै समस्या आईरहेको भन्दै यथासिघ्र पहल गरिदिन हुन आग्रह गर्नुभएको थियो । निरिक्षण पश्चात सचिब पोखरेलले डडेल्धुरा अस्पतालको दरबन्दीमा रहेका तर अन्य ठाउमा काजमा बसेकाहरु छिटटै काज फिर्ता गरेर पठाईने आश्वासन दिनुभएको छ ।
तिन सय शैयाको अस्पताल निर्माणका लागी ओएनम सर्बे भई फाईल अर्थमन्त्रालयमा पेश गरिएको भएपनि अहिले सम्म पास हुन नसकेको भन्दै पहलका लागी सबै ठाउमा लाग्नुपर्नैमा उहाँको जोड थियो । मेरो प्रयास र प्रयत्नले मात्रै सम्भब हुदैन यसमा राजनितिक पहुच आबश्यक हुन्छ पोखरेलले भने— राजनितिक क्षेत्रबाट दबाब सिर्जना गर्न सके सम्भब हुने बताउनुभयो ।
Comments are closed.