सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन भण्डारी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन राजेन्द्र प्रशाद भण्डारी सर्वसम्मत चयन भएका छन । बेदकोट नगरपालिका ४ बगुनमा रहेको सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन भण्डारी सर्वसम्मत चयन भएका हुन ।

सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको १३औँ बार्षिक साधारण सभा तथा ११औँ अधिवेशनबाट पुन भण्डारीकै नेतृत्वमा जिम्मेबारी दोहोरिएको छ । उपाध्यक्ष कृष्ण ओड, सचिव तारा भट्ट, सह सचिव हरि प्रशाद भट्ट, कोषाध्यक्ष मुनादेवी विष्ट, सदस्यहरु चन्द्रा भट्ट, जिवन कुमार बुचा, रिता पुलामी, सन्तोष चन्द, दिपेन्द्र प्रशाद भट्ट, जयानन्द भट्ट, तारादेवी भट्ट, माधव जोशी, राजमती भट्ट, राधिका कपाडी रहेका छन ।

तेस्रो कार्यकालका लागि जिम्मेबारी सम्हालेका कञ्चनपुरका सरक्षणकर्मी समेत रहेका सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष राजेन्द्र प्रशाद भण्डारीले उपभोक्ताको हकहितका साथै वन पर्यावरण बन्यजन्तु सरक्षण गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

भण्डारीले आफुमाथि आम उपभोक्ताले गरेको विश्वास अनुरुप जनपक्षीय काम गर्ने विश्वास दिलाएका छन ।

सम्बन्धित

Comments are closed.