महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सुचिकृत गरेका बेरोजगार युवायुवती हरुलाई रोजगार दिने उदेश्यले डकर्मी र घर वाईरिङ्गको तालिम संचालन गरेको छ । सोमवार भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा कार्यक्रमको उदघाटन गरिएको छ ।
कार्यक्रममा आफनो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले युवायुवतीहरुलाई रोजगारमा जोडनका लागी पालिकाले अहिले यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
विगतमा पनि पालिकाले युवायुवतीहरुलाई लक्षित गरेर विभिन्न सिप मुलक तालिमहरु प्रदान गरेको र अहिले धेरै जनाले आफनै पसल खोलेर सिप मुलक काम गरेर आफनो परिवारलाई आर्थिक सहयोग गर्ने, परिवारका सदस्यलाई पनि रोजगार दिएको बताउनु भयो ।
उपप्रमुख लेखकले सहभागीहरुलाई यो तालिममा आफनो मिहिनेत र कुशलताको साथमा सिप सिकेर आफनो व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । आफुले पनि विगतमा घर वाइरिङको सिप सिकेर काम पनि गरेको भएर यो सिपले राम्रै आमदानी दिने र सबैले आर्थिक रुपमा सबल हुने गरी तालिममा सहभागी जनाउन आग्रह गर्नु भयो ।
“हामिले भीमदत्त नगरपालिकामा श्रम डेस्क संचालन गरेका छौ ,यसै महिना मात्र स्थानीय रोजगारदाताहरु लाई आवश्यक जनशक्ति नगरपालिका संग माग गर्न रोकारवाला निकायहरुसँग समझदारी पत्र(MOU) पनि गरिएको छ लेखकले भन्नुभयो ,तालिम राम्रोसंग लिनुहोला रोजगारीमा पदस्थापन हुन पालिकाले पनि सहजीकरण गर्ने छ ।
तालिमा सहभागी उक्त ४० जनालाई तालिम पश्चात ५० दिन प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरुमा संग्लग्न गरिने भीमदत्त नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक कृष्ण बहादुर चन्दले बताउनु भयो ।
चन्दले प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत एक आर्थिक वर्षमा न्युनतम एकसय दिनको रोजगारीमा संलग्न गरिन्छ यस वर्ष भीमदत्त नगरपालिकामा ७४ जनालाइ एक सय दिनको रोजगारी दिइने जानकारी दिनु भयो । तालिम एक औपचारिक कार्यक्रम विच उद्घाघाटन गरिको थियो ।
नगरपालिका उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तालिम प्रदायक संस्था बिसिटिसीका सस्थापक कार्यकारी निर्देशक केदार भट्ट सभापति रहनु भएको थियो । सेवा प्रदायक सस्था विजनेस कन्सल्टेनसी ट्रेनिङ सेन्टर (बिसिटिसी) नेपाल को प्राबिधिक सहयोगमा ५० दिने डकर्मी र घर वाइरिङको तालिम संचालन गरिएको हो ।
नेपाल प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत युवा रोजगारीका लागि पहल परियोजनामा कार्य स्थलमा आधारित तथा जीवन उपयोगी डकर्मी र घर वाईरिङ सम्बन्धि सीप बिकास तालिमको आयोजना गरिएको हो ।
पालिकाले यो तालिमको आयोजना गरेको प्रती तालिमका सहभागीहरुले धन्यवाद व्यक्त गरे, साथै उनिहरुले यो तालिममा सक्रिय भएर सहभागिता जनाउने बताएका छन् ।
Comments are closed.