कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

भीमदत्त नगरपालिका १३ का २१ वर्षिय कैलाश सिंह साँउद र २२ वर्षिय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सु.प.प्र ०१०१२प९२४९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर विद्युत पोल संग ठोक्किएको थियो । ओभर स्पीडका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.