महेन्द्रनगर । कञ्चनपुरको एक निजी विद्यालयले क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । भीमदत्त नगगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीले ‘एलबिए टि २० क्रिकेट कप ०८१ प्रतियोगिता’ आयोजना गरेको हो ।
कञ्चनपुर कर्बडहलको प्राङगणमा भोली बुधबारदेखि एलबिए टि २०क्रिकेट प्रतियोगिताको हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विद्यालय लिटिलबुद्ध एकेडेमीले जनाएको छ ।
लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गर्न लागेको बताए । उनका अनुसार आयोजक विद्यालय टिम सहित १६ टिमविच प्रतिस्पर्धा हुनेछ ।
अधिकाँस विद्यालयकै टिम सहभागि भएका छन । लिगचरण अनुरुप खेल खेलाईनेछ । क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । विजेता टिमलाई नगद १लाख १५ हजार र उपविजेता टिमलाई नगद ६० हजार सहित ट्रफि, मेडल प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडीहरुलाई समेत विभिन्न विद्यामा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागि टिमको १० हजार दर्ता शुल्क निर्धारण गरिएको छ । लिटिल बुद्ध एकेडेमीका अध्यक्ष नरेन्द्र सिह खत्रीले विद्यार्थीको प्रतिभा खेलकुद माध्यामबाट समेत प्रस्फुट गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले क्रिकेटको बृद्धि विकासमा टेवा पुग्ने बताए । विद्यालयले शैक्षिकका साथै अतिरिक्त कृयाकलाप समेत गर्दैै आएको छ ।
कञ्चनपुर क्रिकेटका खेलाडीका लागि उर्बराभूमि बनिरहेका बेला विद्यालयले समेत गर्ने प्रतियोगिताबाट थप नयाँ खेलाडी उत्पादनदेखि उत्साहित हुने वातावरण सृजना गरेको छ ।
Comments are closed.