महेन्द्रनगर । काठमाण्डौमा उपचाररत पत्रकार सुजित सिनाललाई राष्ट्रिय लोक तथा दोहोेरी गित प्रतिष्ठान कञ्चनपुर शाखाको आर्थिक सहयोग गरेको छ । हाल काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराई रहेका पत्रकार सिनाललाई कलाकार कल्याणकारी कोषबाट र संस्थाका पदाधिकारीबाट नगद ११ हजार ६ सय १० रुपैँया सहयोग गरिएको हो ।
बुधवार महेन्द्रनगरको गोलमार्केटमा एक कार्यक्रम गर्दै पत्रकार सिनाललाई राष्ट्रिय लोक तथा दोहरी गित प्रतिस्ठान नेपाल जिल्ला शाखा कंचनपुरका अध्यक्ष लाल बहादुर धामी (अछामी बड्डो) लगायत अन्य सदस्यहरुको सहभागितामा रकम शुक्लाफाटा एफएमका स्टेशन म्यानेजर जयदेव जोशी मार्फत हस्तान्तरण गरेको हो ।
सहयोग कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठन नेपाल कंचनपुरका अध्यक्ष लालबहादुर धामीले पत्रकार सिनालको स्वास्थ्य उपचारमा सहजता होस भनेर सदस्यहरुको सहयोग र प्रतिष्ठानबाट नगद आर्थिक सहयोग गरिएको बताउनु भयो ।
साथै उहाँले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गर्नु भयो । आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका,दुखी गरिब हरुलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भई रहेको छ ।
पत्रकार सिनालले आफनो उपचारमा सहयोग गरेको प्रती राष्ट्रिय लोक तथा दोहरी गित प्रतिस्ठान नेपाल जिल्ला शाखा कंचनपुरलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय लोक तथा दोहरी गित प्रतिस्ठान नेपाल जिल्ला शाखा कंचनपुरले विगतका दिनहरुमा पनि विपन्न, आर्थिक अवस्था कमजोर भएका हरुलाई सहयोग गर्दै आईरहेको छ ।
Comments are closed.