महेन्द्रनगर । कञ्चनपुरमा पहिलो पटक वेदकोट नगरपालिकाले प्रथम नगर उपप्रमुख कप विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता २०८१ को अयोजना गरेको छ । जुन कायको चौतर्फी रुपमा वाहवाही र सकारात्मक प्रतिकृया आएको छ ।
वेदकोट नगरपालिका ६ मा रहेको भुवनेश्वरी मावी सिसैयामा २ दिन सम्म आयोजना हुने उक्त प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको छ । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा र वेदकोट नगरपालिकाको आयोजनामा उक्त प्रतियोगिता संचालनमा आएको छ ।
उक्त समुदघाटन कार्यक्रमको सभाध्यक्षमा नगर खेलकुद विकास समितिकाम अध्यक्ष प्रजापती भट्ट प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो । यसैगरी विशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी, बेलडाँडी गाँउपालिकाका उपप्रमुख शान्ती नाथ रहनु भएको थियो ।
यसैगरी कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधीहरु, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तथा पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यार्थीहरु पत्रकारहरु लगायतको उपश्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहराले जिल्लामा पहिलो पटक वेदकोट नगरपालिकाले आयोना गरेको प्रती सबैले गौरव महसुुस गरेको बताउनुु भयो । यो प्रतियोगिताले सबैको ध्यानाकर्षण गरेको र महिलाहरुलाई पनि खेलकुदको माध्यमबाट अगाढी बढाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
यस्तै आफनो भनाई राख्दै नगर उपप्रमुख तुलसी जोशीले यो प्रतियोगिताले समाता मुलक सोच विचार र धारणाको विकास गरेको बताउनु भयो । यो प्रतियोगिताले समाता मुलक संस्कारको विकास पनि स्थापना गर्ने र खेलकुदको क्षेत्रमा अर्थपुर्ण सहभागिताका लागी अन्यलाइृ पनि प्रेरित गर्ने बताउनु भयो ।
यो प्रतियोगितामा सहभागिता जनाउनु आफैमा ठुलो कार्य रहेको र यसले सदैव निरन्तरता पाउनु झन महत्वपुर्ण विषय रहने बताउनु भयो । अहिले वेदकोट नगरपालिकाले आयोजना गरेको यो प्रतियोगिताबाट राष्ट्रको गौरबमय खेलाडीहरु पनि उत्पादन हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो । यस्तै, बेलडाँडी गाँउपालिकाका उपप्रमुख शान्ती नाथले वेदकोट नगरपालिकाले जिल्लामा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको प्रती पालिकालाई धन्यवाद व्यक्त गर्नु भयो ।
महिलाका लागी संविधानमा विभिन्न हब अधिकारका विषयहरु उल्लेख भएपनि महिलाहरुले महसुस गर्न नसकेको तर पालिकाले आयोजना गरेको यो प्रतियोगिताले उक्त महसुस गराएको बताउनु भयो । स्थानिय तहमा प्रमुख उपप्रमुखहरुको सहकार्यमा आयोजना गरिएको यो कार्य आफैमा सराहनिय र सम्मानित कार्य रहेको बताउनु भयो ।
यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रशाद अधिकारीले यो प्रतियोगिताले छात्राहरुलाई खेलकुदको क्षेत्रमा अझै शसस्क्त भएर लाग्न उत्प्रेरित गर्ने बताउनु भयो । खेल नकआउट चरणमा खेलाईने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, दोस्रोलाई नगद १५ हजार, र तृतियलाई नगद ७ हजार ५ सय र मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
साथै उक्त कार्यक्रममा ३ जना राष्ट्रिय स्तरका खेलाडीहरुलाई सम्मान गरिएको गरिएको थियो । कार्यक्रमको संचालन वेदकोट नगरपालिकाका शिक्षा शाखाका विनी मञ्जु थापाले गर्नु भएको थियो भने, स्वागत मन्तव्य वार्ड नम्वर २ का अध्यक्ष नरेश सिंहले गर्नु भयो ।
Comments are closed.