महेन्द्रनगर ।कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ पर्सिया बस्ने दिपराज राना ४ दिन देखि वेपत्ता छन । आईतवार उनको विवाह निर्धारित छ। विवाहको दिन सम्म राना सम्पर्कमा नआउँदा परिवारमा चिन्तामा छन ।
विवाहको पूर्ण तयारी र्भइसक्दा बेहुला नै बेपत्ता भएकोले परिवार र बेहुली तर्फ चिन्ता बढेको छ। दिपराज राना दाजु लोकराज रानाका अनुसार माघ ३० गते बिहान ८ बजे दिपराज धनगढी गएका थिए । धनगढिमा उनले विवाहमा लगाउने कोट र पाइन्ट लिएका थिए।
‘ सामान आफ्नी बहिनीलाई समान दिएर अनि ‘मेरो काम छ, मा जान्छुू भनेर हिडेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका छन् ‘ दाई लोकराज भने । परिवारले सबै नातेदार र चिनजानका मानिसहरूलाई मिलाएर खोजतलास गरे पनि कुनै उनको कुनै खबर नआएको परिवारले जनाएको छ । परिवारले दिपराजलाई फेला पार्न सहयोग पुर्याउन अपील गरेका छन्।
यदि कसैले रानाको बारेमा कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन परिवारले अनुरोध गरेका छन ।
Comments are closed.