प्रथम नगर उप प्रमुख कप छात्रा भलिबल प्रतियोगिताको उपाधी शिद्ध वैजनाथ मा. वि. बगुनलाई

महेन्द्रनगर ।कञ्चनपुरको वेदकोट नगरपलिकाले आयोजना गरेको प्रथम नगर उप प्रमुख कप विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता –२०८१ को उपाधी शिद्ध वैजनाथ मा. वि. बगुनले हात पार्न सफल भएको छ । यस्तै, द्वितिय स्थानमा उदयदेव मा.वि सुन्दरपुर तथा तृतीय स्थानमा वैजनाथ मा.वि. जडेपानी र घटाल मा. वि सुडा हुन सफल भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम भएको विद्यालयलाई नगद २० हजार, दोस्रोलाई नगद १५ हजार, र तृतियलाई नगद ७ हजार ५ सय मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । नक आउट चरणमा खेलाईएको खेलमा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

नगर खेलकुद विकास समितिको व्यवस्थापनमा र वेदकोट नगरपालिकाको आयोजनामा उक्त प्रतियोगिता संचालनमा आएको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा नगर खेलकुद विकास समितिका अध्यक्ष प्रजापती भट्ट प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम नगर उपप्रमुख तुलसी जोशीले छात्राहरुले आफनो उत्कृष्ट खेल देखाएर उनिहरुले आफु भित्र रहको कलाको प्रदर्शन गरेको बताउनु भयो ।

पछिल्लो समय खेलकुदको माध्यमबाट आफनो देशलाई विश्व भरी पहिचान दिने माध्यम रहेको र यो अवसर वेदकोट नगरपालिकाले छात्राहरुलाई प्रदान गरेको बताउनु भयो । यो प्रतियोगिताले समाता मुलक संस्कार रसमाजको विकास पनि स्थापना गर्ने र खेलकुदको क्षेत्रमा अर्थपुर्ण सहभागिताका लागी अन्यलाई पनि प्रेरित गर्ने बताउनु भयो ।

यो खेलकुदको आयोजना गरेकोमा सहभागी खेलाडी छात्राहरुले सकारात्मक प्रतिक्रिया दिएको र यो प्रतियोगितालाई निरनतरता गरी दिन आग्रह गरेको बताउनु भयो । वेदकोट नगरपालिकाले आयोजना गरेको यो प्रतियोगितामा अति प्रतिभाशाली खृलाडीहरु रहेको र उनिहरुले आफनो प्रतिभा देखाएको र राष्ट्रको गौरबमय खेलाडीहरु पनि उत्पादन हुने आफुले देखेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.