महेन्द्रनगर । फागुन १२ गते देखि महेन्द्रनगरको खुल्ला मञ्चमा हुने कंचनपुर औद्योगिक व्यापार मेला तथा कंचनपुर पर्यटन महोत्सवको विशिष्ट अतिथिमा यसपटक भारत उत्तराखण्डका पर्यटनमन्त्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ हुने भएका छन् ।
सतपाल महाराज महोत्सवको उद्घाटन हुने छ्न ।भारतीय जनता पार्टीको केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महराज फाल्गुन १२ गते हुने कंचनपुर औद्योगिक व्यापार मेला तथा कंचनपुर पर्यटन महोत्सव २०८१ को उदघाटन समारोहमा सहभागी हुने कंचनपुर उद्योग वाणिज्य संघ कंचनपुरका अध्यक्ष पिताम्बर जोशीले जनाएका छन् ।
मन्त्री सतपाल महराजको भ्रमणले सुदुरपश्चिम् प्रदेश र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक व्यापारीक सम्बन्ध विस्तारमा मद्दत मिल्नेछ । फागुन १२ गतेदेखि फागुन २१ गते सम्म कञ्चनपुरको खुल्ला मञ्चमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको हो ।
‘कृषि उत्पादन र स्वरोगार आर्थिक समृद्धिको आधार’ भन्ने नारासाथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा महेन्द्रनगरस्थित खुुलामञ्चमा १६ औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो ।
सङ्घका अध्यक्ष पिताम्बर जोशीले मेलाले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने बताए। ‘मेलामा स्थानीय वस्तु तथा सेवा, पर्यटन, कलाको प्रवद्र्धन गर्ने उद्देश्य छ,’ उनले भने, ‘लघुउद्यम, अटो प्रदर्शनी, कृषि गार्मेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ ।’
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए । ‘हामीले यहाँको स्थानीय उत्पादन र स्थानीय कला साहित्यको प्रवद्र्धनमा जोड दिएका छौँ,’ उनले भने, ।’
मेलामा दुई सय पचास कक्ष रहनेछन् । मेलाको प्रति टिकटबाट रु पाँच रुपैया छुट्याएर समाजिक काममा लगाउने सङ्घले जनाएको छ । महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवद्र्धन हुनुका साथै छिमेकी मुलुकबाट पनि मेला अवलोकन गर्न आउने अपेक्षा राखिएको उनले बताए।
Comments are closed.