महेन्द्नगर । महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा १०८ वर्षीया तुलसादेवी देउवाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । वेदकोट नगरपालिका–१० की बासिन्दा तुलसादेवीले गत माघ २५ गते खाटमा बस्ने क्रममा खसेर खुट्टा भाँचिएको थियो ।
अस्पतालका विशेषज्ञ चिकित्सक डा। दुर्गेस चौधरी, डा। सुवर्ण पौडेल र डा। मुकेश गामीको टोलीले यो जोखिमपूर्ण शल्यक्रिया सफलतापूर्वक गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ शल्यक्रियाको सफलतालाई अस्पतालको प्रगतिको प्रमाण बताए ।
तुलसादेवीका छोरा गोपालबहादुर देउवाले आमाको स्वास्थ्यमा सुधार आएकोमा खुशी व्यक्त गरे । अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल शल्यक्रिया स्थानीय स्तरमै सम्भव भएको छ ।
Comments are closed.