ज्ञान वाटिका माविको २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सब समारोह सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका ७ सुडामा रहेको श्री ज्ञान वाटिका माध्यमिक बिधालयले आफनो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सब समारोह भव्यताको साथमा मनाएको छ । उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

शिक्षाको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल यो विद्यालयले विगतदेखी गुणस्तरिय शिक्षा प्रदान गर्नमा अहम भुमिका खेलेको नगर प्रमुख बोहराले बताउनु भयो ।

शैक्षिक क्षेत्रमा अगाढी बढी रहेको अवस्थामा पालिकामा रहेका संस्थागत तथा निजी विद्यालयहरुले शिक्षालाई अझै गुणस्तरमा विषेश ध्यान दिदै विद्यार्थीहरुको चौतर्फी विकासमा पनि फडको मार्ने मा यो विद्यालय पनि रहेको बताउनु भयो ।

अहिले विभिन्न क्षेत्रमा यसै विद्यालयका विद्यार्थीहरु उच्च पदस्थ क्षेत्रमा रोजगारी भएर आफनो परिवार र विद्यालयको शान मान ईज्जत प्रष्तिठा राख्न सफल भएको बताउनु भयो । साथै विद्यालयमा अभिभावकहरुले समय समयमा आफना बालबालिकाहरुको विषयमा अध्ययनमा पनि चासो राखेर विद्यालयमा आएर सोधपुछ गर्न पनि आग्रह गर्नु भयो ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र मल्लले विगत २७ वर्षदेखी यो विद्यालयलाई यो स्थानमा पुय्राउन धेरै कठिन मेहनेत परिश्रम गरेको बताउनु भयो । विगतदेखी नै आफनो विद्यालयले गुणस्तरिय शिक्षा दिन अनुभवी शिक्षकहरु बाट शिक्षा प्रदान गरिर रहेको बताउनु भयो ।

साथै, उहाँले यस क्षेत्रका अभिभावक, शिक्षकहरु, विद्यार्थीहरु सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको संचालन शिक्षक प्रेम प्रकाश कलौनीले गरेका थिए ।

सम्बन्धित

Comments are closed.