शुक्लाफाँटा नगरपालिकामा नगर कराँते समिति गठन

महेन्द्रनगर । सुदूरपश्चिम जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालले आफनो नगर कराँते समिति गठन गरेको छ । सोमवार शुक्लाफाँटा नगरपालिकामा नगर कराँते समिति गठन गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रमको सभाध्यक्षमा जिल्ला सहायक प्रमुख प्रशिक्षक गणेश प्रशाद भट्ट रहनु भएको थियो, भने प्रमुख अतिथीमा पालिकाका नगर प्रमुख रणबहादुर महरा रहनु भएको थियो ।

सुदूरपश्चिम जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्रण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहको विषेश उपश्थितीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । साथै बिशिष्ट अतिथी शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्रबहादुर सावदको रहोवरमा समिती गठन गरिएको छ ।

उक्त समितिको अध्यक्षमा मानसिंह ठगुन्ना, उपाध्यक्षमा भिविराज भट्ट, सचिवमा गणेश भट्ट, उपसचिवमा राजमती विष्ट, कोषाध्यक्षमा मिना भट्ट, चयन भएका छन् । यसैगरी, सदस्यमा धनबहादुर विष्ट,करन सिंह महरा, गौर सिंह धामी,इश्वर सिंह ठगुन्ना , मेनुका साउद र सिजन बहादुर सिंह रहेका छन् ।

सुदूरपश्चिम जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्रण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले यसरी नै अन्य पालिकामा पनि समिति विस्तार गरिने र सम्पुर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.