नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन काठमाण्डौमा संचालन

महेन्द्रनगर । नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन अहिले काठमाण्डौमा संचालन भईरहेको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहाल रहनु भएको थियो, भने प्रमुख अतिथीमा नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहनु भएको थियो,

यसैगरी बिशिष्ट अतिथीमा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, नेपाली काँग्रेसका पूर्व महामन्त्री बिमलेन्द्र निधी, नेपाली काँग्रेसका पूर्व उपसभापती गोपालमान श्रेष्ठ, श.साक कोईराला रहनु भएको थियो । नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमका महामन्त्री यज्ञराज चटौतले जानकारी दिनु भयो । नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीको मुद्धाहरु ओझेलमा परेको सम्बोधन हुन नसकेको बताए ।

आफना मुद्धाहरु उठान गर्न नचाहेको बताए । प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा अहिले पनि सही मुद्धालाई पाटीले सरकारले उठाईदिन आनाकानी गर्ने प्रजातन्त्र सेनानीहरुको अवस्था के कस्तो रहेको छ सरकारले कहिले पनि खोजीनीती नगरेको बताए । आफुहरुले लिखित रुपमा आफना समस्याहरु पेश गर्दा पनि सरकारले कुनै सुनवाई नगरेको बताएका थिए ।

सत्तामा गएर प्रजातन्त्र सेनानीहरुलाई भुल्ने गरेको र प्रजातन्त्रका लागी लडने योद्धाहरुको लागी एउटा आयोग गठन गरिनु पर्ने बताए । तत्कालिन समयमा केही योद्धाहरुको सम्पत्ती हरण गरेको र फिर्ता नभएको अवस्था रहेको पनि बताएका थिए ।

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले देशैभरबाट आउनु भएका नेपाल प्रजातन्त्र सेनानी संघमा आवद्ध हुनु भएका र देशैबाट आउनु भएका सदस्यहरुले जे जस्तो प्रस्ताव पारित गरे पनि देशको लागी पाटीको लागी संसदको सम्पत्ती बन्ने बताए ।

म मात्रै भन्ने होईन हामी भन्ने मनोविज्ञान विचारको यो महाधिवेशन बढाउनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताए । ‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ ।

यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।’ उनले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको जिकिर गरे । पार्टीमात्रै नभइ देश नै समावेशी रहेको देउवाको भनाइ थियो ।‘हाम्रोमा आदिवासी जनजाती, मधेशी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा ।

हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ,’ देउवाले भने ।२५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ ।देउवाले महाधिवेशन सफलताको कामना पनि गरे ।

२०५३ सालमा पहिलोपटक प्रजातन्त्र सेनानी संघको अधिवेशन भएको थियो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।

सम्बन्धित

Comments are closed.