महेन्द्रनगर । कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकाको एक वडाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल वितरण गरेको छ । भिमदत्त नगर पालिका १७ ले बिहिवार एक कार्यक्रमको आयोजना गर्दै वडामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई साईकल वितरण गरेको हो ।
वडाका कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ५ वटा साईकल महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई हस्तान्तण गरिएको वडा अध्यक्ष पदम बुढाले बताउनु भयो । उहाँहरुले विगतदेखी वडामा स्वास्थ्यलाई मध्य नजर गर्दै विभिन्न कार्यहरु गर्दै आई रहेको र उहाँहरुले गर्दै आएको कार्य छिटो र छरितो होस भनेर साईकल सहयोग गरिएको बताउनु भयो ।
हिँडेर जाने काम गर्ने गर्मी मौसमा समस्या पनि हुने र उहाँहरुले गर्ने कार्यमा सहजता होस भनेर वडाले साईकल सहयोग गरेको बताउनु भयो । वडाले आफुहरुलाई साईकल सहयोग गरेको प्रती महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले वडालाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै उहाँहरुले अब उपरान्त काम छिटो छरितो हुने र काम गर्न पनि सजिलो हुने भएपछि आफुहरु खुसी भएको बताए ।
Comments are closed.