कञ्चनपुरमा रहेको दिदिबहिनी समुहद्वारा शैक्षिक सामग्री सहयोग

महेन्द्रनगर । कञ्चनपुरमा रहेको दिदिबहिनी समुहले विद्यार्थीहरुलाई पुस्तक कापीहरु सहयोग गरेका छन् । ७५ औ प्रजातन्त्र दिवस को अवसर मा विहिवार भीमदत्त नगरपालिका १८ मा रहेको अमर सहिद बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्य सामग्रीहरु सहयोग गरिएको हो ।

उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका २१ जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै शैक्षिक सामग्रीहरु हसतान्तरण गरिएको दिदिबहिनी समुहका अध्यक्ष भगवती थापाले जानकारी दिनु भयो ।

आफना समुहमा रहेका दिदिबिहनीहरुले आफैले केही रकम उठाएर विद्यालयमा सहयोग गरिएको उहाँले बताउनु भयो । यस्तै, जिल्ला समन्वय समिति प्रमुख दुर्गा बोहराले ७५ औ प्रजातन्त्र दिवस को अवसर मा अमर सहिद बिद्यालयमा अध्ययनरत बहिरा अपांगता भएका विद्यार्थीहरुलाई पाठ्य सामग्रीहरु सहयोग गरिएको बताउनु भयो ।

साथै उहाँले उक्त समुहका सबै दिदिबहिनीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयका प्रधानाध्यापक हरिष प्रशाद जोशीले दिदिबहिनी समुहले आफनो विद्यालयमा रहेका फरक क्षमता भएका विद्यार्थीहरुलाई सहयोग गरेको प्रती सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित

Comments are closed.