महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ युथ संगठनले भीमदत्त नगरपालिकामा वृक्ष संरक्षण तथा सौन्दर्यकरण अभियानको सुरुवात गरेको छ । पावर अफ युथ संगठनको नेतृत्वमा तथा भीमदत्त नगरपालिकाको सहकार्यमा महेन्द्रनगरको चम्मन चोक र मेन सडकमा रहेका रुखहरुमा रङरोगन गरी संरक्षण तथा सौन्दर्यकरण गरिएको हो ।
उक्त कार्यक्रममा ३० जना भन्दा बढी स्थानीय युवाहरूको सहभागितामा सरसफाई तथा रुखहरुमा रङरोगन गरिएको थियो । मदनचोकदेखि चमनचोकसम्मको सडक छेउमा रहेका वृक्षहरूमा रङरोगन गरी संरक्षण तथा सौन्दर्यकरण गरिएको पावर अफ युथ संगठनका सदस्यहरुले बताए ।
यस अभियानले नगरलाई हरियालीयुक्त र सौन्दर्यपूर्ण बनाउने लक्ष्य राखेको आगामी दिनहरुमा पनि महेन्द्रनगरमा रहेका मन्दिरहरु सडक छेउ लगायतमा सरसफाई तथा रङरोगन गरी संरक्षण तथा सौन्दर्यकरण गर्ने योजना रहेको पावर अफ युथ संगठनले जनाएको छ । कार्यक्रममा सहभागी युवा अभियन्ताहरूले वातावरण संरक्षण र नगर सौन्दर्यीकरणमा आफ्नो योगदान दिन पाउँदा गर्व महसुस गरेको बताएका छन् ।
यो अभियानले केवल वृक्ष संरक्षण मात्र नभएर नगरका नागरिकहरूलाई वातावरणप्रति सचेत बनाउने लक्ष्य रहेको बताए । पावर अफ युथ संगठनका प्रतिनिधिहरूले भविष्यमा पनि यस्ता सकारात्मक अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भीमदत्त नगरपालिकाका पदाधिकारीहरूले युवाहरूको यो पहललाई प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई नगरपालिका स्तरबाट समेत निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन् । स्थानीय बासिन्दाहरूले समेत वृक्ष संरक्षण अभियानलाई स्वागत गर्दै नगर सौन्दर्यीकरणमा यस्ता कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
Comments are closed.