महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभाध्यमा विद्यालयका संस्थापक हर्कबहादुर धामी रहनु भएको थियो भने, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहनु भएको थियो ।
यसैगरी विशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशीसंगै भीनपा ३ का वडा सदस्य मिना कुँबर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सामाजिक अभियन्ता कृष्णदत्त जोशी बोक्सर, शारदा विद्यापिठका हरिलाल जोशी, समाजसेवी लिलाध्वज वस्नेत, एमाले नेता रबिन्द्र कुँबर, महेन्द्रनगर मावि साधारणका अध्यक्ष विरेन्द्रराज विष्ट, उदयदेब बहुउद्देशीय सहकारी संस्था लि. का प्रमुख कार्यकारी गणेश बहादुर चन्द, महेन्द्रनगर मावि कटानका पूर्व प्रधानाध्यापक चन्द्रकला पन्त लगायत सहभागी भए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले संस्कार सहितको सीप युक्त शिक्षा प्रदान गर्ने एक मात्रै विद्यालय रहेको बताउनु भयो । यो वर्षदेखी कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन पनि सुरुवात गरिएको बताउनु भयो ।
साथै, गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ठ शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिटलाई निरन्तरता दिने लगायतका भावी कार्य बनाईएको जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयमा यो विद्यालय पनि अग्रपंक्तीमा रहेको बताउनु भयो ।
अहिले निजी विद्यालयहरुले पनि अनुभवी शिक्षकहरुबाट अधयापन गराएर विद्यार्थीहरुको उज्ववल भविष्य निर्माण गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म झण्डै ८ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
Comments are closed.