महेन्द्रनगर । पछिल्लो समय विभिन्न रैथाने बालीहरु लोप हुने क्रममा रहेको बेलामा महेन्द्रनगरमा भने एक जना युवा व्यवसायी ती बालीलाई बजारकिरण गरीरहेका छन् । कञ्चनपुरको महेन्द्रनगर स्थित बर्गर हाउसले लोप हुने अवस्थामा पुग्न थालेको रैथाने बाली कोदो र फाफरको परिकार बनाउदै आएको छ ।
बर्गर हाउसका सञ्चालक हेमराज भट्टका अनुसार, पछिल्लो दुई वर्षदेखि उनीहरूले कोदो र फाफरको मःम बनाउन सुरु गरिएको छ । “पहाडी जिल्लाहरूमा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदोबालीको महत्त्व कम देखिएकाले यसको प्रवद्र्धन गर्ने उद्देश्यले कोदोका परिकार बनाउन सुरु गरिएको हो, कोदो स्वास्थ्यका लागि फाइदाजनक पनि छ” भट्टले भने ।
बर्गर हाउसले कोदोको म ः म बनाएर यसलाई चर्चित बनाउन सफल पनि भएको छ। यसले मैदाबाट बन्ने म ः म लाई कम गर्ने र स्थानिय परिकारलाई प्रोत्साहन गर्ने सञ्चालक भट्टको विश्वास छ । अहिले विभिन्न कलाकारहरूदेखि लिएर राजनीतिकर्मीहरू समेत बर्गर हाउसमा पुगेर कोदोको म म खान पुग्ने गरेका छन्।
सञ्चालक भट्टका अनुसार, हाल दैनिक करिब ५० देखि ८० प्लेट कोदोको मःम बिक्री हुने गरेको छ। उनले भने, “सुदूरपश्चिमका डडेल्धुरा, अछाम लगायतका पहाडी जिल्लाका विभिन्न ठाउँबाट कोदो र फाफर ल्याउने गरेको छ।”
कोदोलाई निकै झन्झटिलो बालीका रूपमा लिइन्थ्यो, तर पछिल्लो समय यसको महत्त्व बढ्दै गएको छ। कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोको ढिँडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ।
Comments are closed.