कञ्चनपुरमा अर्काको नाममा परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको नाममा आफु परिक्षा दिन गएका तिन जनालई प्रहरीले पक्राउ गरेको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने दुई जना पक्राउ परेका हुन् ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरले आयोजना गरेको परीक्षा क्रममा बेदकोट नगरपालिका–६ का सुवास डगौरा र बेदकोट–५ का अस्मित डगौरा पक्राउ परे । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी र प्रहरी निरीक्षक जमुना जोशीका अनुसार, सुवास डगौराले अस्मितलाई परीक्षामा सामेल गराएका थिए ।

साथै, भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि फर्जी हाजिरी लगाई परीक्षा दिने क्रममा पक्राउ गरिएको छ । यी तीन जनाले अरूको नाममा हाजिर गरि परीक्षा दिएका थिए । कञ्चनपुर प्रहरी कार्यालयको सहयोगमा उनीहरूलाई पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाइएको यातायात कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए ।

यस्ता गैर कानुनी कार्य कसैले पनि गर्न नहुने उनले बताए । अहिले सिसिटिभी क्यामेराहरुको पनि प्रयोग गरिएकाले पनि यस्ताका कार्य गर्ने लाई सजिलै पहिचानगर्न सकिने भएकाले आफनो नामको परिक्षा आफैले दिनुपर्ने बताए । हुनेर प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जानकारी पनि दिइएको छ ।

सम्बन्धित

Comments are closed.