विदेशबाट फर्किएका युवाले संचालनमा ल्याए डेरी

महेन्द्रनगर । नेपालमा केही रोजगार छैन भनेर विदेशिएका भीमदत्त नगरपालिका ३ का तिर्थराज बोहराले अहिले नेपाल फर्किए संगै आफनै व्यवसाय संचालन गरेका छन् ।

कोरियामा लामो समय विताएका बोहराले अहिले भीमदत्त नगरपालिका ३ मा घटाल डेरी संचालनमा ल्याएका छन् । सोमवार निडस नेपालका कार्यकारी निर्देशक गैसस महासंघका सचिव युवा उधमशिलता का अभियन्ता भवराज रेग्मीले उदघाटन गर्नु भएको छ ।

भिमदत्त नगरपालिका ३ पुरानो मालपोत नजिक डेरी संचालनमा आएको हो । आफुले आफनो जिवनको उर्जावान समय विदेशमा खर्च गरेपनि अहिले नेपालमा केही गरौ भनेर डेरी संचालनमा ल्याएको बोहराले बताए ।

किसानहरुले उत्पादन गरेको दुधहरु आफुले खरिद गर्ने र उनिहरुलाई पनि उत्पादनको बजारीकरण आफुले गर्ने गरेको उनले बताए । निडस नेपालका कार्यकारी निर्देशक गैसस महासंघका सचिव युवा उधमशिलता का अभियन्ता भवराज रेग्मीले सरकारले यस्ता युवा व्यवसायीहरुलाई उनिहरुको व्यवसाय संचालन गर्न विना धितो विना व्याजमा ऋण उपलब्ध गराईनु पर्ने बताए ।

\देशमा रोजगार छैन भन्दै अहिले हजारौको संख्यामा युवाहरु विदेशिनु पर्ने बाध्यता रहेको बताउदै सरकारले युवाहरुलाई केही सहयोग गर्न सक्यो भने पनि युवाहरु विदेश पलायनमा रोक लाग्ने बताए ।

सम्बन्धित

Comments are closed.