समाजसेवी विनय प्रकाश मल्लद्वारा ३० हजार नगद सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा निवासी हाल जापानमा रहनु भएका युवा समाजसेवी विनय प्रकाश मल्लले सामाजिक कार्यमा ईतिहास नै कायम हुने गरी काम गरिरहनु भएको छ । डडेल्धुरामा अहिले सम्म सामाजिक क्षेत्रमा त्यति धेरै सहयोग कसैले पनि नगरेको स्थानियहरुको भनाई रहेको छ ।

समाजसेवी मल्लले डडेल्धुरामा कोही समस्यामा परेको थाहा पाउना साथ आर्थिक सहयोग गर्ने सामाजिका क्षेत्रमा पनि आर्थिक सहयोग गर्ने गरेको भएर अहिले स्थानियहरुको मन मष्तिश्कमा बस्न सफल भएका छन् ।

एक पछि अर्को सामाजिक कार्यमा आफनो जिम्मेवारी निर्वाह गर्ने क्रममा अमरगढी नगरपालिका १ का नरेन्द्र ऐरलाई उपचारमा सहजता होस भनेर नगद १५ हजार सहयोग गर्नु भएको छ । मोटरसाईकल दुघर्टनामा परि घाईते भएका ऐरको शल्यक्रिया गर्नुपर्ने तर आर्थिक अभावले समस्या भएको जानकारी पाएपछि हाल जापानमा रहेको मल्लले आर्थिक सहयोग गरेको ऐरका परिवारले बताए ।

आफनो उपचारमा आर्थिक सहयोग गरेको प्रती ऐरको परिवारले समाजसेवी मल्ललाई धन्यवाद व्यक्त गरेका छन् । यसैगरी समाजसेवी मल्लले सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृक्ति तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सव २०८१ संचालन गर्न पनि आर्थिक सहयोग गरेका छन् ।

फागुन १२ देखि २२ गते सम्म डडेल्धुरामा आयोजना हुने उक्त महोत्सवमा नगद १५ हजार सहयोग गरेका हुन । आफनो जिल्लामा आयोजना भईरहेको महोत्सवका लागी आर्थिक सहयोगका लागी समाजसेवी मल्ललाई जानकारी गराएपछि उहाँले खुसी हुँदै सहयोग गर्नु भएको राष्ट्रिय संगित कर्मी संघ डडेल्धुरा जिल्ला कार्य समितिका अध्यक्ष गणेश केसीले बताए ।

साथै उनले समाजसेवी मल्ललाई धन्यवाद व्यक्त पनि गरे । डडेल्धुरामा अहिले बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ । डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल

उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् । जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

सम्बन्धित

Comments are closed.