ओसिस मन्टेस्वरीद्वारा आफना विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच शिविर सम्पन्न

महेन्द्रनगर । मन्टेस्वरीको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल ओसिस मन्टेस्वरीले आफना विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच सम्पन्न गरेको छ ।

आफनो मन्टेस्वरीमा अध्ययनरत नानीबाबुहरुको स्वास्थ्यको अवस्था थाहा पाउन स्वास्थ्य सिविरको आयोजना गरिएको हो । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको ओसिस मन्टेस्वरीका संस्थापक सबिना भट्टले जानकारी दिनुभयो ।

आफनो मन्टेस्वरीमा अध्ययनरत विधार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी आफुहरुले पनि राख्नु पर्ने र स्वस्थ्य विद्यार्थीले राम्रो ज्ञान आर्जन गर्न सक्ने भएकाले प्रत्येक ३ महिनामा स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको बताउनु भयो ।

मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका बाल रोग बिशेषज्ञ डा. अनिल पाण्डे र म्यानेजिङ डाईरेक्टर डा. गोविन्द रोकायाले उक्त स्वास्थ्य शिविरमा नानी बाबुहरुको स्वास्थ्य चेकजाँच तथा परिक्षण गर्नु भएको थियो । मन्टेस्वरीमा अध्ययनरत १ सय बढी विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच र परिक्षण गरिएको थियो ।

सम्बन्धित

Comments are closed.