साथी संस्थाद्वारा ६ महिने व्यवसाय मुलक कटाई सिलाई तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको साथी संस्थाले ६ महिने व्यवसाय मुलक कटाई सिलाई तालिम सम्पन्न गरेको छ । यूएनएफपिएको आर्थिक सहयोगमा साथी संस्थाद्वारा संचालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरण र शसक्त महिला समृद्ध नेपाल परियोजना अन्तरर्गत भीमदत्त नगरपालिका वडा नम्वर १८ मा रहेको साथी आश्रय गृहमा उक्त तालिमको आयोजना गरिएको थियो ।

उक्त तालिममा बझाङ्ग, वाजुरा, बैतडी, अछाम, डोटी, कैलाली, दार्चुला र कञ्चनपुरका १९ जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम वोगटिले साथी संस्थाले लैगिंक हिंसामा परेका हरुको क्षेत्रमा उदाहरणिय कार्य गरेको बताउनु भयो ।

लामो समयदेखी यो क्षेत्रमा क्रियाशिल तथा सक्रिय भएर आफनो कार्य सम्पादन संगै लैगिंक हिंसामा परेकाहरुका लागी उनिहरुको जिवीकोपार्जन, उनिहरुलाई सिप सिकाउने लगायतको क्षेत्रमा राम्रो कार्य गरेको बताउनु भयो । विगतका दिनमा पनि साथी संस्थालाई विभिन्न सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्ने वताउनु भयो ।

यसैगरी, कार्यक्रमका बिशिष्ट अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले हिंशा प्रभावितहरुलाई सिप प्रदान गरी उद्यमशिलता तर्फ उन्मुख गराएको प्रती संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो । संस्थालाई आगामी दिनमा पनि नगरपालिकाको तर्फवाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आफनो स्वागत मन्तव्य राख्दै साथीका प्रदेश संयोजक पार्वती भण्डारीले सिपमुलक तालिमवाट व्यवसायिक दक्षता विकास गरी आर्थिक उपार्जनमा उनिहरुलाई सहजिकरण होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा तालिमका सहभागिहरुलाई सिलाईकटाईका सामग्रीहरु प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको समापन कार्यक्रम साथी आश्रय गृहका इन्चार्ज उर्मिला शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने, कार्यक्रम सञ्चालन मनोपरामर्शकर्ता सावित्री थापाले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.