बिपद जोखिम न्युनिकरणमा संचार मिडियाको भुमिका विषयक दुई दिने गोष्ठी धनगढीमा सुरु

महेन्द्रनगर । बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन र जोखिम संचारमा मिडियाको भुमिका सवलीकरण विषयक दुई दिने गोष्ठी धनगढीमा सुरु भएको छ । उक्त कार्यक्रमको उदघाटन गर्दै सुदूरपश्चिम पदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद न्यूनीकरण गर्न पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

मन्त्री सार्कीले सो कुरा बताएका हुन् । सहि र सामुहिक सूचनाले जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने मन्त्री सार्कीले बताए । सुदूरपश्चिम विपदको जोखिममा रहेकाले यसको चिरफार गर्दै जनता समक्ष सूचना प्रकाशन गर्न पत्रकारहरुलाई मन्त्री सार्कीले आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा.डिजन भट्टराईले जिम्मेवार ढंगले सहि सुचना सम्प्रेषण गर्न आग्रह गरे । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले विपदजन्य घटनाहरु बढ्दै गएकाले यसको पुर्वानुमान हुने गरेको र समयमै सजक रहन पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहने बताए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सयुक्त आयोजना र मर्सिकोरको प्राविधिक सहयोगमा धनगढी स्थित रुबस होटलमा बिहीबार देखि दुई दिने कार्यासाला गोष्ठीको आयोजना गरिएको छ ।

विपद देखि शक्ति राष्ट्र हरु पनि पराजित भएका बेला समयमै विपतको जोखिममा रहेका नागरिकलाई सुसुचित गराउनु अहिलेको आवस्यकता रहेको सहभागीहरुले बताए ।

हाल बिपद जोखिम न्यूनीकरणका लागि सप्तरी , रौतहट ,बाके , बर्दिया , कैलाली र कन्चनपुर सहितका जिल्लाका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा साइरन प्रणाली जडान गरिएको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.