महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुरको अध्यक्षमा मदन गिरी चयन भएका छन् । जिल्ला शाखा कञ्चनपुरको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी ,उपाध्यक्षमा भुपाल केसी, उपाध्यक्ष महिलामा लक्ष्मी सेठ्ठी , सचिवमा धन बहादुर बोहरा, सह सचिवमा माधव पौडेल र बिमल बिक, कोषाध्यक्षमा भवानी दत्त भट्ट (भुवन) चयनभएका हुन ।
यसैगरी सदस्यहरुमा पवन जोशी, सुरेश भट्ट, गणेश दत्त जोशी, बिरेन्द्र बाग, केशव भट्ट, र सन्तोष धानुक चयन भएका छन् ।
यसैगरी, प्रदेश प्रतिनिधिमा लक्ष्मणदत्त पन्त, धन बहादुर बिक तथा यमकला पाण्डेय एवं केन्द्रिय प्रतिनिधिममा राजेन्द्र बिष्ट, सुरेश धामी र महेश्वरी जोशी (माया) निर्बिरोध सर्बसम्मत चयन भएका छन्
Comments are closed.